हाेन्डाले ल्यायाे नयाँ वर्षकाे उपलक्ष्यमा ४० प्रतिशत डाउन पेमेन्ट

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि  अन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नगद छुट तथा अन्य सुबिधा सहित स्किम सार्वजनिक गरेको छ ।

चैत २६ गते बाट लागु गरिएको सो अफर आगामी २०८० बैशाख ३१ गते सम्मका लागि उपलब्ध हुनेछ ।  होन्डा अमेज ईएमटी, एसएमटी, भीएक्स एमटी, एस सीभीटी र भीएक्स सीभीटी गरी ५ भेरिएन्टमा उपलब्ध छन् ।

होन्डा अमेजका यी भेरिएन्टको मूल्य ३९ लाख ३० हजार देखि ५३ लाख १० हजार रुपैयाँ सम्म छ । त्यसैगरी होन्डा सिटी फिफ्थ जेन विभिन्न ६ भेरिएन्टमा उपलब्ध छ र मूल्य ५८ लाख ६० हजार देखि ७६ लाख २० हजार रुपैयाँ सम्म छ ।

होन्डा सिटी फोर्थ जेन एस-भीएमटी र भी-एमटी गरी दुई भेरिएन्टमा उपलब्ध छ र मूल्य ५० लाख ९० हजार र ५३ लाख ४० हजार रुपैयाँ छ।

यस अन्तर्गत ४० प्रतिशत डाउनपेमेन्ट, ५ प्रतिशत ब्याजदरमा कार खरिद गर्न सकिने छ । गाडी खरिद गर्नेका लागि एक आर्थिक बर्षको कर निःशुल्क, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट उपलब्ध हुने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको