काठमाण्डाैँ,
चैत २७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल चेम्बर्स अफ कमर्शकाे ७२ औं साधारण सभालाई सम्बोधन गर्दै आफुले न्याय , सुशासन र विकासबाहेक केही नसाेचेकाे बताएका छन्।
‘मैले सामाजिक न्याय, सुशासन, विकास र समृद्धिबाहेक केही सोचेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीको रूपमा म रहिरहँदा मैले सोचेको कुराहरू यी नै हुन् । यसबाहेक मैले केही सोचेको छैन ।यस्तै प्रचण्डले आफुले सरकार सम्हाल्न थालेपछि अर्थतन्त्रका सुचकहरू सुध्रिँदै गएकाे दाबी गरेका थिए।
यस्तै ‘गएको ३ महिनाको रेकर्डअनुसार हामी ठिकै ठाउँमा छौँ । ब्याजदर घटाउने’bout लगातार बैठक भइरहेको छ । निजी व्यवसायहरूसँग पनि छलफल गरिरहेकै छौँ । निजी व्यवसायीहरूसँग पनि छलफलम छौँ । पोहोर सालको जस्तो आतङ्क छैन । सबै समस्या समाधान भयो ढुक्क भए हुन्छ भन्नेचाहिँ होइन, तर हामी सुधारउन्मुख छौँ । यसमा गम्भीर प्रयास भइरहेको छ,’ उनले भने ।