चितवनकाे भरतपुर अस्पतालमा सेवा विस्तार

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ। अस्पतालको ६७औं वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । यस्तै अस्पतालमा पीआईसीयू, सीसीयू र बर्न युनिट थप गरिँदैछ भने आईसीयू र एनआईसीयू सेवा विस्तार गरिँदैछ ।

यस्तै अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्ट बाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पीआईसीयूको अभाव रहँदै आएकोमा ८ शय्याको सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआईसीयू र १४ वर्षमाथिकालाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ ।

यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । ३ शय्याको बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो । २० शय्या सञ्चालन हुँदै आएको आईसीयूलाई १० शय्या थप गरी ३० पुर्‍याइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको