बैशाख १० गते सम्म चखेल-देउराली सडक बन्द

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

हेटौँडाबाट कुलेखानी, चखेल हुँदै काठमाडौं जोड्ने छोटो दुरीको सडकको मकवानपुरतर्फको सडक खण्ड बन्द हुने भएको छ ।

महालक्ष्मीेखोला–चखेल–सतुङ्गल सडकको स्तरोन्नतिका क्रममा मकवानपुरतर्फको महालक्ष्मीेखोला–चखेल–देउराली सडकखण्ड आगामी वैशाख १० गतेसम्म बन्द हुने भएको हो ।

इन्द्रसरोवर गाउँपालिका– ५ का वडाध्यक्ष दूतराज तितुङले सडक चौडासहित स्तरोन्नतिको क्रममा कालोपत्रे गर्न ठेक्कासमेत खुलेकोले तीव्र गतिमा सडक निर्माण गर्न सवारी साधन आवागमन बन्द गरिएको जानकारी दिनुभयो।

यस्तै निर्धारित समयमा काम सम्पन्न गर्न सुमाेलगायतका सवारीका साधन चल्दा काममा अवराेध पुगेकाले बिहान ६ बजे देखी साँझ ६ बजेसम्म लागी महालक्ष्मीखाेला–चखेल–देउराली सडक खण्ड बन्द गरिएकाे उहाँले बताउनुभयाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको