२५ वर्षदेखि फरार रहेका तामाङ पक्राउ

काठमाण्डाैँ,

विगत २५ वर्षदेखि फरार रहेका प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ३ घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएका ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङ प्रहरी नियन्त्रणमा पुगेका छन् ।

उनी शरीर मास्ने बेच्ने मुद्दाको अनुसन्धानको सिलसिलामा वारदातपश्चात फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनलाई पक्रन काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचारसमेत गरेको थियो ।

सोही क्रममा खोजतलास गर्दा प्रहरी टोलीले हिजो उनलाई स्वयम्भूको भगवान पाउबाट नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like