काठमाण्डाैँ,
नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले साेमबार प्रतिनिधिसभाकाे शुन्य समयमा बाेल्दै विगतका सरकारले अनुत्पादित क्षेत्रमा लगानी गरेका कारण अहिले देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाएकी छन् ।
‘अहिले देश आर्थिक संकटमा छ, किन यस्तो आवस्था आयो ? पक्कै पनि पहिलेका सरकारले ध्यान नदिएर होला । पानी जहाज, रेल, घर घरमा ग्यास, लाइनको कुरा गरेर समय खेर फालेर होला’ उनले भनिन् ।
सांसद लामाले यसअघिका सरकारले आवश्यक तुलनात्मक लाभका क्षेत्रमा लगानी नगरेको भन्दै अब गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताइन् । यस्तै नेपालले जडिबुटी, जल, जंगल, अर्गानिक कृषि र पर्यटन क्षेत्र रहेको भन्दै सांसद लामाले कर्णालीको जडिबुटीलाई पहिलो प्राथमिकता दिन र निर्यात गरेर डलर आयात गर्न सकिने बताइन्।