अडियाे प्रकरणबारे छलफल गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अनुशासन आयोगको बैठक बाेलाएकाे छ।

बैठक पार्टी कार्यालय बसुन्धारामा बिहान ११ बजे बस्ने तय भएकाे एक नेताले जानकारी दिए। सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग दुई करोड रुपैयाँ मागेको अडियोबारे छलफल हुने ति नेताले बताए।

अडियो सार्वजनिक भएपछि पार्टीले सांसद श्रेष्ठलाई निलम्बन गरी छानबिन गरिरहेको छ । श्रेष्ठले भने उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएका छन् । अनुशासन आयोगले यसको अनुसन्धानपछि निचोड निकाल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको