अष्ट्रेलियामा नेपाली ब्याडमिन्टन खेलाडी सञ्जिवले जिते स्वर्ण

काठमाण्डाैँ,

पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सञ्जीव खड्काले ओशिनिया नेपाली खेलकुद प्रतियोगितामा पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन्।ब्याडमिन्टन ओपन पुरुष एकलमा स्वर्ण र ब्याडमिन्टन ओपन पुरुष डबल्समा हरि गोतामेसँगको साझेदारीमा उनले कास्य पदक पनि जिते।

‘स्वर्ण पदक जित्न पाउँदा निकै खुसी र गर्व महसुस भएको छु’, सञ्जीवले भने।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको ओसेनिया क्षेत्रका नेपाली मुलका खेलाडीहरू सम्मिलित ओसेनिया नेपाली मिट हो।

ओशिनिया नेपाली खेलकुद प्रतियोगितामा सञ्जीवको यो दोस्रो स्वर्ण हो। यसअघि सन् २०१८ मा सिड्नीमा भएको ओएनएस एममा पनि उनले स्वर्ण जितेका थिए। कैलालीको धनगढीमा जन्मिएका सञ्जीव अध्ययनको सिलसिलामा हाल अस्ट्रेलिया बस्दै आएका छन्।

 

 

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like