त्रिभुवन विमानस्थलबाट २ बंगालीदेशी अमेरिकी डलरसहित पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना बंगालीदेशी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ४७ वर्षीय देवशिसकुमार शाह र ३७ वर्षे माेहमद माेफिजुल इस्लाम हुन्। उनिहरू बिहान साढे ११ बजे विमान बंगलादेशको उडान नम्वर बिजी ३७२ बाट ढाका उड्न लागेका थिए।

उनिहरूलाई सुरक्षा चेकजाँचका क्रममा २० हजार एक सय अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेकाे हाे। यस्तै उनीहरू विमानस्थलकाे स्टेरलाइज चेकिङ एरियामा अवैध डलरसहित पक्राउ परेकाे प्रहरीले जनाएकाे छ।

पक्राउ परेका दुबैलाई विदेशी विनिमय नियमित सम्बन्धी ऐनविरुद्धको कसूरमा मुद्दा चलाउने प्रयोजनका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन बुझाउने तयारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको