नँया बर्षको रौनक माडीमा पनि, होटल होमस्टे अग्रिम बुकिङ प्याक

समाचार शेयर गर्नुहोस्

चितवन, भरतपुर

चितवनमा नववर्ष २०८० को आगमन को पुर्वसन्ध्यामा निकै नै रौनक बढेको छ । बिषेश गरि पर्यटन क्षेत्रमा चितवन का लगभग सबै जसो होटल,मोटेल, होमस्टे हरु नया बर्ष सुरु हुने हप्तौ अगाडि बाट अग्रिम बुकिङ प्याक भैसकेको माडी कृष्ननगर स्थित स्थानिय युवा होमस्टे ब्यबसायी दुर्गा बहादुर अधिकारी ले बताए ।

खरिकुना होमस्टे सञ्चालन गरेका सफल युवा उद्दमी दुर्गा अधिकारी कोरोना को सक‌ंट हटेको र पर्यटन क्षेत्रमा राहत हुन लाग्दा फेरि देश आर्थिक मन्दी तर्फ बढ्दै गरेको र उक्त मन्दीले पर्यटन लाई असर गर्न सक्ने शंका गर्दै हाल पर्यटन क्षेत्रमा आएको बहार को प्रशंसा गरेका थिए ।

उनले भने ” मैले आफ्नो ठाउँलाई अगाडी बढाउन निकै मेहनत गरे अनेक काम गरे तर हाल आएर पर्यटन र आधुनिक कृषि बाहेक क्षेत्रमा यहा केहि गर्न नसकिने निचोड निकाल्दै उक्त काममा होमिएको हुँ । भन्दै सरकारले हामि जस्ता युवा उद्यमी लाई बिदेश जान रोकी स्वरोजगार हुन थप प्रेरित गरोस् भन्ने चाहाना बताए ।

हालको अच्काली बढेको बैंक ब्याजदरले हामि ब्यबसायी लाई घाटी न्याकेको र तुरुन्तै ब्याजदर कम नगरे र सहज ऋण प्रबाह नगरे भयाभह स्थिती आउन सक्ने बताए ।

एमाले का नेता गोकुल बास्कोटा लाई समेत आफ्नो होमस्टे लगेर खाना खुवाएका दुर्गाले पछिल्लो समय मेघौली, जगतपुर र भरतपुर बाट आन्तरिक पर्यटकहरू माडीमा रहेको धार्मिक पर्यटकीय स्थलहरू, ताल तलैया र चितवन राष्ट्रिय निकुञ्ज को हरियाली हेर्न लोभिने गरेका छन् ।

साथै उनले भने “जंगल सफारी गर्न चाहने, धार्मिक पर्यटकीय स्थलहरू दृश्यावलोकन गर्न चाहने र चितवन राष्ट्रिय निकुञ्ज को हरियाली हेर्न लोभिने, दाजुभाइ दिदीबहिनी हरु ले खाने, बस्ने र सुत्ने सुबिधा सहित सस्तो मा प्याकेज लिनलाई प्रो. दुर्गा अधिकारी 9865402906 लाई सम्पर्क गर्न अनुरोध गरे” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको