बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

बैतडीमा मंगलबार राति जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ।स्थानीय प्रहरीका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका वडा नम्बर ८ झौलेक मोडमा राति करिब ११:२५ बजे जीप दुर्घटना भएको थियो।

झुलाघाटबाट बझाङकाे बाग्थलातर्फ जाँदै गरेकाे से १ ज ७६४ नम्बरकाे जिप अनियन्त्रित भइ दुर्घटना भएकाे प्रहरीकाे अनुमान छ।

दुर्घटनामा पछी घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको हो। यस्तै मृत्यु हुने बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा रहेका छन् । त्यस्तै, अन्यमा ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेकाे प्रहरीले जानकारी दिएका छन्।

सो जीपमा सवार अन्य पाँच जना भने सकुशल छन्। जीप सडकबाट खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।​

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको