काठमाण्डाैँ,
नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको १ं००० रुपैयाँले बढेर छापावाल सुन प्रतिताेला १ लाख १० हजार ८०० रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन्।तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार सुन प्रतिताेला ५०० रूपैँयाले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनकाे मुल्य बढ्नुका साथै चाँदीकाे मुल्य पनि बढेकाे छ। बुधबार चाँदीकाे मुल्य १५ रूपैँयाले बढेर ताेलाकाे १४ सय ५० रूपैँया कायम भएकाे छ।