काठमाण्डाैँ,
चैत २९। इजरायलकाे प्रलाेभन देखाएर ३१ लाख ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्दियाको खैरापुर घर भइ काठमाडौंको लाजिम्पाटमा बस्दै आएका २६ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।
इजरायलको एग्रिकल्चरमा जागिर हुने र प्रत्येक महिना १ लाख ९० हजार तलब हुने भन्दै प्रलोभन देखाएर दुई जनाबाट ३१ लाख रूपैँया लिएर उनी सम्पर्कबिहिन भएका थिए।
प्रहरीका अनुसार उनले जनही १८ लाख रूपैँया खर्च लाग्ने भन्दै दुईजना पिडितबाट ३१ लाख रूपैँया लगेकाे हाे।