ब्राउन सुगरसहित एक युवति पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

झापाकाे मेचीनगर नगरपालिका १३ स्थित धाइजन चाेकबाट ब्राउन सुगर सहित २० वर्षीया अनुजा राजबंशीलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ परेकाे युवतिबाट ९ ग्राम खैराे हेराेइन बरामद गरेकाे झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् । आरोपीबारे ईलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ ।
अनुजाकी आमा ५ महिनाअघि झापा कारागारमा थिइन् । लागुऔषध मुद्दामा कारागारमा थुनामा रहेकी आमालाई भेट्न जाँदा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले अनुजाबारे निगरानी बढाएको थियो ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको