काठमाडाैँ,
नेपालमा घुम्न चिनियाँ पर्यटक प्लेन नै चार्टर गरेर आइपुगेका छन् । उनिहरू नेपाली नयाँ वर्ष मनाउन बिहिबार बिहान आइपुगेका हुन।उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले विमानस्थलमा स्वागत गरेका हुन् ।
बिहिबार बिहान १८१ जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् । ७ सय जना चिनियाँ पर्यटक नेपाल घुम्न लागेको र सोही समूहको पहिलो लट बिहिबार विहान आइपुगेको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताएका छन् ।
कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ।विमानस्थलमा ओर्लिएका चिनियाँ पर्यटकलाई पञ्चेबाजासहित स्वागत गर्दा पर्यटकहरुले पनि नेपाल र चीनको झण्डा बोकेर खुशीयाली मनाएका छन् ।