सात महिनाको पोथी र ६ महिनाको भाले गैँडा मृत फेला

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा खाग नै नपलाएका सात महिनाको पोथी र ६ महिनाको भाले गैँडा सोमबार मृत भेटिएका हुन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार पोथी गैँडा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको भंगालो क्षेत्रमा फेला परेको थियो।

चितवन राष्ट्रिय निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पर्ने काँसघारी क्षेत्रमा भेटिएको भाले गैँडाको भने बाघको आक्रमणबाट मृत्यु भएको तिवारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको