बिस्केट जात्राकाे अवसरमा ४ दिन सार्वजनिक विदा

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आजबाट वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिन निर्णय गरिएकाे छ।

नयाँ वर्षमा भक्तपुरमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात बिस्केट जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । हरेक नयाँ वर्षमा मध्यपुर थिमिमा भव्य रुपमा बिस्केट जात्रा मनाउने गरिएको छ ।

बिस्केट भक्तपुरका नेवारी समुदायको सबैभन्दा ठूलो चाड हो । बिस्केट जात्रामा सिन्दुरको होलीसमेत खेल्ने गरिएको छ । त्यस्तै, जिब्रो छेड्ने प्रचलन पनि रहँदै आएको छ ।

‘२०७९ चैत ३० गते बिहीबार र २०८० वैशाख ३ गते आइतबार यस नगरपालिकाअन्तर्गतका कार्यालय र विद्यालयहरु समेतमा स्थानीय बिदा हुने व्यहोरा यस नगरपालिकाको मिति २०७९–१२–२८ को निर्णयानुसार जानकारीका लागि अनुरोध छ’, जारी सूचनामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको