काठमाण्डाैँ,
साताकाे अन्तिम दिन शेयर बजार घटेकाे छ। बिहिबार नेप्से परिसुचक २९ अंकले ओरालाे लागेकाे छ। योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ विन्दुमा पुगेको छ।
यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अंकले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कूल २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ३३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा २८ कम्पनीमा वृद्धि भएको छ । १८६ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ८ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको छ ।
यसैगरी हिमालय डिस्टिलरी ६ करोड र एनआसि एशिया कम्पनीले ५ करोडरुपैयाँ भन्दा बढिको कारोबार भएको हो । बिहीबार सबै उपसूचक कम्पनीहरू राताम्मै भएको छ । घटेको कम्पनीहरू मध्ये सबैभन्दा धेरै विकास बैंक र निर्माण तथा प्रसोधनको २ प्रतिशतले ओरालो लागेको छ ।
बिहीबारको आदर्श लघुवित्त वित्तीय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।