रास्वपाको केन्द्रीय कार्यालयमा साइकल छिर्न नपाउने – पुस्कर शाह

काठमाडौं, बैसाख-१८

बिश्व साइकल यात्री पुस्कर शाहले आफुलाई साइकल लिएर जादा राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय कार्यालय मा छिर्न नदिइएको बताएका छन् । त्यहा खटिएको चौकिदारले मोटरसाइकल र गाडी छिर्न पाउने तर साइकल नपाउने भनेपछि भिज्दै फर्किएको बताएका छन् । निवर्तमान संसदिय दलको नेता डिपि अर्यालले बोलाएर गएको बताएका पुस्कर शाह को टिप्पणी जस्ताको त्यस्तै ।

“‘घन्टी घरको कथा ‘

माननीय डि पि अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले

चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो ’bout प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी 😢”

यस ’boutमा रास्वपाले कुनै प्रतिक्रिया जनाएको छैन ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like