चितवन: आत्महत्या दुरुत्सानमा संग्लग्न दुइ जनालाई पक्राउ गर्न चितवन कांग्रेश र विभिन्न ब्यबसायिक संगठनले माग गरेका छन्। मृत्यु को लागि बाध्य पारिएको भन्दै मृतक शंकर कंडेल का भाई राजन कंडेल ले आत्महत्या दुरुस्सन गरेको आरोपमा प्रदीपकुमार रुङ्गटा र जीवन रावल बिरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार किटानी जाहेरी दिएका थिए। कडेल चितवनका सफल पोल्ट्री ब्यबसायी तथा पूर्व कांग्रेस जिल्ला कोषाध्यक्ष थिए ।
यसै बिषयलाई उठाउदै नेपाल कुखुरा ब्यबसायी मंच ले आज शंकर कंडेल मृत्यु प्रकरण को उचित सत्य तथ्य छानमिन गरि उहालाई अल्पायुमै मृत्युबरण गर्न बाध्य गराउनेलाई अबिलम्ब खोजतलास गरि हदै सम्म को कारवाई गर्नको लागि माग गरेको छ। साथै मृतक को न्याय को लागि सम्पूर्ण कुखुरा ब्यबासयी ,किसान र आम शुभ चिन्तक प्रति जिल्ला प्रहरी कार्यालय चितवनमा बिहान ११ बजे उपस्थित भै शान्तिपूर्व धर्नामा सहभागी हुन आव्हान गरेको छ।