बिहे तय भएकी युवती झुण्डिएकाे अवस्थामा मृत भेटिइन्

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

बैशाख २१। भक्तपुर सूर्यविनायक नगरपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । एक सातापछि बिहे तय भएकी युवती सूर्यविनायकमा झुण्डिएकाे अवस्थामा भेटिएकी छन्।

सूर्यविनायक-७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का घरको भर्‍याङमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सुस्मिताको यही वैशाख २८ गते दक्षिणकाली नगरपालिका-८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँग विवाह तय भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा ‘आफैँ झुण्डिएकाले पीर नगर्नू’ भन्ने सुसाइड नोटसमेत भेटिएको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित केसीले जानकारी दिए। ‘घटनास्थलको मुचुल्का तयार पारी, जाहेरीलगायतको काम पूरा गरि पोष्टमार्टमका लागि पठाएकाे केसीले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको