बैंक खाताहरूमा रकम पठाउन लगाई ठगी गर्ने एक जना पक्राउ

काठमाण्डाैँ,

बैशाख २१। आइएमइ कार्यालयबाट बैंक खाताहरूमा रकम पठाउन लगाई ठगी गरेको आरोपमा प्रहरीले ३१ वर्षका अनिल मालाकारलाई पक्राउ गरेको हो ।

उनले खाता नम्बर र खातावालाको नाम समेत दिई पटक पटक गरी जम्मा तीन लाख रुपैयाँ  ठगी गरेको प्रहरीले जानकारी दिाएका छन्। यस्तै उनले आइएमइ कार्यालयका संचालकलाई रकम नै नदिई फोनमा कुरा गरेजस्तो गरी भाग्दै आएका थिए ।

मालाकारलाई खोजतलासको क्रममा पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like