काठमाण्डाैँ,
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आज (बिहीबार) बसेको गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो ।
गण्डकी प्रदेशमा पाचौं मुख्यमन्त्री बन्नुभएका पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात (सभामुख बाहेक) र स्वतन्त्र निर्वाचित भएर हाल नेकपा (एकीकृत समाजवादी)का राजीव गुरुङ (दीपक मनाङे)सहित ३५ जना सांसदले विश्वासका मत दिनुभएको छ ।
पाण्डेको विपक्षमा नेकपा (एमाले)का २२ र तटस्थमा राप्रपाको दुई मत रहेका छन् ।