सर्वियामा गाेली प्रहारबाट थप ८ जनाकाे मृत्यु

काठमाण्डाैँ,

सर्वियामा गाेली प्रहारबाट ९ जनाकाे मृत्यु भएकाे दाेस्राे दिन थप ८ जनाकाे मृत्यु भएकाे छ।

यस्तै यूराेन्यूजका अनुसार एक १३ वर्षीय विद्यार्थीले आफ्ना ९ जना साथीलाई गोली हानी हत्या गरेको दोस्रो दिन सर्वियामा पुनः एक हतियारधारीले ८ जनाको गोली हानी हत्या गरेको हाे।

सर्वियाकाे प्रहरीका अनुसार गाेली लागी थप १३ जना घाइते भएकाे र घटनामा संलग्न भएकाे आशंकामा सर्वियाकाे प्रहरीले  एक २१ वर्षीय युवककाे खाेजी गरिरहेकाे जनाएकाे छ।

यसअघि १३ वर्षीय बालकले आफ्नै बुवाको बन्दुक लिएर बेलग्रेडको एक स्कुलमा ९ जनाको हत्या गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like