शंकर कँडेलकाे आत्महत्या दुरूत्साहन आराेपमा जिवन रावल पक्राउ

काठमाण्डाैँ,

व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन बस्दै आएका बझाङ घर भएका जिवनबहादुर रावल हुन्।

कँडेलले आत्महत्या अघि लेखेको सुसाइड नोटमा उल्लेख भएको नामको आधारमा परिवारले दिएको किटानी दिएपछि प्रहरीले अनमोल फिड्सका चार्टर्ड एकाउन्टेट  जिवनरावललाइ पक्राउ गरेकाे हाे।

उनलाई बाराबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।  अनमोल फुड्स प्रालिको सेयर बिक्रिपछि देखिएको आन्तरिक समस्याको कारण कँडेललाई सेयर खरिद कर्ताहरु प्रदीप रुङ्गटा र चार्टर एकाउन्टेन जीवन रावल र अर्का सिएले नियमित मानसिक तनाव दिएपछि आत्महत्याको लागि कँडेल बाध्य भएको सुसाइड नोटमा उल्लेख भएअनुसार परिवारले उनीहरुविरुद्ध उजुरी दिएको थियो ।

पोल्टी व्यवसायी कँडेल गत बैशाख १९ गते झुण्डिएको अवस्थामा आफ्नै अफिसमा मृत भेटिएका थिए । उनको अफिस भरतपुर महानगरपालिका ३ स्थित बेलचोकमा रहेको छ ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like