काठमाण्डाैँ,
नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ‘ सम्पर्क विहिन ‘ भएका छन । नक्कली भुटानी शरणार्थी खडा गरि अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा बुधवार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले रायमाझीलाई खोजी रहेको छ।
बुधवार साँझसम्म सम्पर्कमा रहेका रायमाझी राति ९ बजेपछी भने सम्पर्क विहिन भएका हुन्। अदालतबाट पक्राउ पुर्जी जारी भए पछि उनी आफैं काठमाडौं आएर प्रहरी कहाँ आउने खबर सार्वजनिक भएको थियो। प्रहीले पनि रायमाझीसँग सोही अपेक्षा राखेको थियो तर पुर्जी जारी भएको २४ घण्टा बितिसक्दा पनि उनी सम्पर्कमा छैन।
यस्तै नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीलाई पनि प्रहरीले पक्राउको सूचीमा राखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री दाहालसँग रायमाझीको विषयमा कुरा गर्न ओली बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । उनले प्रधानमन्त्रीसँगको भेटमा रायमाझीमाथि षड्यन्त्र भएको भन्दै ध्यानाकर्षण पनि गराए ।