एशियन लाईफ केयर इन्टरनेसनल प्रालिको औपचारिक कारोबार शुभारम्भ घोषणा

चितवन, भरतपुर

 

एसियन लाईफ केयर इन्टरनेसनल प्रालि ले आज उधोग बाणिज्य महासंघ को सभाहलमा एक कार्यक्रमका विच ब्यबसायीक कारोबारको शुभारम्भ गरेको छ ।

एशियन लाईफ केयर इन्टरनेसनल प्रालि कम्पनी ऐन २०६३ अनुसार कम्पनी रजिस्ट्रार को कार्यालय मा मिति २०७८/१२/२९ गते दर्ता भइ हाल भरतपुर महानगर को वडा ३ संगम रोड नारायणगढ चितवन मा मुख्य कार्यालय रहेको कम्पनीले नेपालकै प्रख्यात आयुर्वेद कम्पनी का सन्चालक, लामो समय देखि ब्यापार ब्यवसाय तथा मार्केटिङ मा अनुभब बटुल्नु भएका अनुभबी समाजसेवी ब्यक्तित्वहरु मिलेर सन्चालन भएको कम्पनीले बिभिन्न उपभोग्य वस्तु उत्पादन तथा बिक्रि बितरण गर्ने लक्ष्य राखेको कम्पनिका उत्पादन प्रमुख शिवराम थापा ले बताउनुभयो ।

बिभिन्न स्याम्पु, फोमिङ्ग फेसबास, मसाज तेल, डे नाइट क्रिम, तुलसी ड्रप, साबुन खाने तेल र दैनिक उपभोग्य दाल चामल जस्ता बस्तु हरु उत्पादन गर्ने र बिक्री गर्ने लक्ष्य लिएको छ ।

यो डाइरेक्ट सेलिङ्ग पद्दति अपनाएको मार्केटिङ प्रणालि बाट बिचमा मध्यस्थता ले लिने ठुलो नाफा रकम घटाएर सस्तो र सुलभ ग्रहाकको घर घरमा पुराउने र ग्राहक लाई समान खरिद गरे बापत ग्राहक लाई नै मुनाफा दिने सकंल्प लिएको कम्पनी का ब्यबस्थापन आकाश थापाले बताउनुभयो ।

साथै एशियन लाईफ केयर इन्टरनेसनल प्रालि को मौलिक उत्पादन लाई देशभर कम्पनी खोल्ने र सहज बिक्रि बितरण गर्न आज बाट नै शुरुवात गरिएको बताउनुभयो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like