एक महिलामाथी निर्घात कुटपिट

काठमाण्डाैँ,

रौतहटमा चन्द्रपुर नगरपालिका वडा नं-१० बालचनपुरका एक युवाले एक महिलामाथि निर्घात कुटपिट गरेकाे छ।

स्थानीय रामज्योदी पासवानको छोरा विजय पासवानले गाँउकै एक ३२ वर्षकी विवाहित महिलामाथि बिहिबार लछारपछार गर्नुका साथै निर्घात कुटपिट गरेका हुन्। निर्घात कुटपिटबाट घाइते महिलाको अहिले चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ।

हिजाे बिहिबार वडा कार्यालय जादैँ गरेकी महिलालाइ बालचनपुर र विर्ता बजारबीचकाे बाटाे नजिकै पर्ने एकान्त स्थानमा पासवाले जबरजस्तीकरणी गर्न खाेजेकाे पिडित महिलाकाे आराेप छ। महिलाले प्रतिवाद गरेपछि पासवालले निर्घात कुटपिट गरेका थिए।

राजनीतिक संरक्षणमा छुल्याहा गतिविधि गर्दै आएका पासवानले महिलामाथि गरेको कुटपिटको विषयमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उजुरी दिएको भएता पनि पासवान पक्राउ पर्न सकेका छैनन्।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like