बानेश्वरकाे सडकमा किराँती समुदायले मनाए उँभाैली पर्व

काठमाण्डाैँ,

कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले काठमाडौंमा उँभौली पर्व मनाएका छन्। काठमाडौंस्थित नयाँ बानेश्वरमा प्रदेश नम्बर १ पुनः नामाकरणको माग गर्दै उँभौली मनाएका हुन्।‘सडकमै जुटौँ, सडकमै नाचौँ’ भन्ने नाराका साथ उनीहरु बानेश्वरमा उत्रिएका हुन्।

बैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like