झापाबाट ब्राउन सुगरसहित २ महिला पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम  ब्राउन सुगरसहित प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर  बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन्।

झापा भद्रपुर नगरपालिका-८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीमाथि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । प्रहरीले उनीहरूकाे साथबाट ७३ ग्राम ३४० मिली ग्राम ब्राउन सुगर , माबाइल र नेपाली नागरिकता  बरामद गरेकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको