काठमाण्डाैँ,
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भिर घाइते भएका भविन गुरूङकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ।गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा कार्यरत थिए ।
दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन्। उनीहरूलाई सेनाको हेलिकप्टरबाट उपचारकाे लागी काठमाण्डाैँ पठाइएकाे छ।