चितवनमा बन्दको प्रभाव, यात्रु लाई बढी सास्ती

चितवन,बैशाख-२३

ब्यबसायी तथा काँग्रेस महासमिति सदस्य शंकर कंडेल को आत्महत्या दुरुत्साहन मुद्दा लागेका प्रदिप रुङ्टा पक्राउ नपरेको भन्दै काँग्रेस भातृ संगठन तरुण दलको आयोजनामा भएको चितवन बन्दको प्रभाव देखिएको छ ।

सडक का दुबै किनारमा अलपत्र हिँडेका लामो तथा छोटो दूरीका यात्रु र बिषेश काम गरि खाने बर्गलाई बन्दले गहिरो प्रभाव पारेको देखिएको छ । बन्द संस्कार धेरै पहिले देखि नेपालमा चलिरहेको छ तर पछिल्लो समय बन्द लाई सधैका लागि बन्द गर्ने भन्ने कुरा मा पनि बहस हुने गरेको छ ।

बिषेश गरि मुलधारमा रहेका पार्टी हरुले बन्द संस्कार लाई चटक्कै छोड्नु नसकिएको देखिएको छ । प्रशासन लाई दबाब दिन बन्द गरिएको भनिए पनि सास्ती मा पर्ने आम सर्वसाधारण नै रहेको र सर्वसाधारण ले कहिले पनि बन्द को समर्थन नगर्ने भन्दै सामाजिक सञ्जालमा तातो बहस छेडिएको पनि देखिन्छ ।

लेखापाल जिबन रावल पक्राउ परे पनि मुख्य आत्महत्या दुरुत्साहन गर्ने ब्यक्ति मार्वाडी प्रदिप रुङ्टा पक्राउ नपरेको ले कतै सेटिङ मा लुकाइएको होकी भन्ने पनि चर्चा गरिएको पाइन्छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like