काठमाडौं, बैशाख २४
अमेरिकाको टेक्ससस्थित एलन शहरको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार सात जना घाइते भएका र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएर किनमेलका लागि आएका मानिसहरुको हत्या गरेको बीबीसीले जनाएको छ ।
गोली चलेपछि सुरक्षाकर्मीहरुले सपिङ मलबाट सयौं मानिसहरुलाई सुरक्षित बाहिर निकालेका थिए ।
प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि मारिएका छन् ।
एक तथ्यांक अनुसार अमेरिकामा यसै वर्षमात्र १९८ पटक गोली प्रहारका घटना भएका छन् ।