बाढी पहिरोका कारण कंगोमा २०० भन्दा बढीको मृत्यु

समाचार शेयर गर्नुहोस्

बैशाख २४, काठमाडौं।  कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको छ ।

कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षा भएको थियो । सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पुर्‍याएको छ ।

कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको छ। यस्तै रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् । कंगोका डाक्टर एवम् नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको