पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

बैशाख २४, काठमाडौं

धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । मृत्यु हुने ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी हुन ।

जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरुको मृत्यु भएको हो।

शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालक डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको र राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको ‌‌‌धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like