सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो

समाचार शेयर गर्नुहोस्

बैशाख २४, काठमाडौँ। आज आइतबार नेपाली बजारमा सुनको मूल्य १२००  रूपैयाँले घटेको छ।

आइतबार छापावाल सुन तोलामा १ लाख १० हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रूपैयाँ कायम गरिएको छ।

यता चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा १ हजार ४४५ रूपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस अघि पनि चाँदीको खरिदबिक्री सोही मुल्यमा भएको थियो।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको