सेयर बजार दाेहाेराे अंकले घट्याे

काठमाडाैँ,

साताकाे पहिलाे दिन शेयर बजार दाेहाेराे अंकले घटेको छ ।  साताकाे पहिलाे दिनमै बजार दोहोरो अंकले घट्दा कारोबार पनि उत्साहजनक रहेन ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.१२ अंकले घटेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५०.६१ अंकमा ओर्लिएको छ ।

आज साताकाे पहिलाे दिन  २६३ कम्पनीका २० लाख १५ हजार ९ सय ५९ कित्ता शेयर किनबेच हुँदा ६० करोड ८१ लाख ३५ हजार ९४.१३ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार घटेको दिन आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ८.२२ प्रतिशतले नाफा कमाए भने एनएमबि बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८३ प्रतिशतले घाटा व्यहोरेका छन् । ३४ कम्पनीको शेयर मूल्य बढ्दा बाँकी कम्पनीको शेयर घटेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like