सबै नेताकाे सम्पत्ति विवरण सार्वजनिक गर्न सांसद आरजुले दिइन् चुनाैती

काठमाडाैँ,

नेपाली कांग्रेसका सांसद आरजु राणा देउवाले सबै नेताकाे सम्पति विवरण सार्वजनिक गर्न चुनौति दिएकी छिन् । आइताबार बसेको प्रतिनिधिसभा सांसद वैठकमा बोल्दै उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी थिइन् ।

उक्त बैठकमा सांसद राणाले सबै नेताको सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्न माग गरेकी हुन्। साथै उनले आफ्ना पति शेरबहादुर देउवा ५/६ पटक प्रधानमन्त्री भइसकेको र आफुहरूकाे सबै सम्पत्ति विवरण सरकारसँग रहेकाे बताइन।

सांसद राणाले महिलाहरू आफ्नो बलमा पब्लिक लाइफमा आउँदा पुरूष सह्य नहुने गरेको गुनासो गरेकी छन्।

‘भ्रष्टाचारको कुरामा हामी कति सिरियस छौँ? म संसदमा नभएको दिनमा मेरो नाम यहाँ भ्रष्टाचारमा जोडियो। एउटा नारीले आफ्नो हैसियतमा राजनीतिक गरेको नहुने रहेछ,’ उनले भनिन्, ‘नारीले आफ्नो बलमा गरेको प्रगति पुरूषले नसहने रहेछन्। पुरूषले भनेको कुरा मात्रै मान्नु पर्ने रहेछ। महिला आफ्नो बलमा पब्लिक लाइफमा आयो भने पुरूषलाई सह्य नहुने रहेछ। मैले केही बिराएको छैन, डराउँदिनँ।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like