काठमाडाैँ,
भारतको केरलामा एक डुंगा दुर्घटना हुँदा २१ जनाकाे मृत्यु भएकाे छ।
आइतबार साँझ ५ बजे मलमपुरम जिल्लाको तानुरस्थित थुवलथिरम समुद्री तटमा भएको दुर्घटनामा एक जना अझैँ बेपत्ता छन्। २१ जनाको शव निकालिएको छ।
मृत्यु हुनेमा अधिकांश बालबालिका रहेकाे र क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटना भएकाे बताइएकाे छ।
दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु: ख व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका आफन्तलाई २-२ लाख राहतस्वरुप उपलब्ध गराउने पनि घोषणा गरेका छन्।