देवेन्द्र दाहालकाे प्रश्न : गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी जारी नभएकाे हाे?

काठमाडाैँ,

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नक्कली शरणार्थी प्रकरणमा आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी नभएकाे ? भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

आईतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मान हानी गर्न नहुने बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरूको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भयो भनेर हल्ला पनि छ। फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे । यसमा आरजु देउवाले अढाई करोड र बालकृष्ण खाणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ। उनीहरूलाई सरकारले पक्राउ पुर्जी त जारी गरेको भन्ने सुनेको छैन ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए।

उनले प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताए । नक्कली भुटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी गरे ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like