पेट्राेलकाे बाेतलमा आगो सल्कदा १३ वर्षीया बालिकाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

सिन्धुलीमा पेट्रोलको बोतलमा आगो सल्कदा एक बालिकाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका- २ भोटेश्वराका शुभलाल घलानकी १३ वर्षीया छोरी अमृता घलानकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालका अनुसार घलानको घरको भान्साकोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलमा अचानक आगो लाग्दा अमृता घाइते भएकी थिइन्।

आइतबार साँझ करिब ५ बजेतिर आगलागीबाट गम्भीर घाइते भएकाे अमृताको उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको थियो । ‘तर,त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं स्थित कीर्तिपुर अस्पताल पठाइएको थियो। उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको