काठमाण्डाै,
अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले चिलेर ५ जना घाइते भएका छन् ।
सन्धिखर्क–२ र ८ को सिमानाको खरबारीमा खन्युको घाँस काट्ने क्रममा भिर माहुरीले स्थानीयलाई चिलेकाे थियो ।
घाइते पाँच जनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी निम रानाले बताउनु भयो