काठमाडाैँ,
साेमबार धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाकै कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव छन् ।यादवलाई ढल्केबर अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०२ ००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनापश्चात फरार रहेका टिपर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ ।