अर्थमन्त्री अनुपस्थितिका कारण सांसद बैठक १४ मिनेटका लागी स्थगित

काठमाडाैँ,

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सभामा अर्थमन्त्री डा प्रकाशशरण महत अनुपस्थित भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सोमबारको आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भइरहेको छ ।

एमाले सांसद रघुजी पन्तले सम्बन्धित् मन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

यस्तै रास्वपाका सांसद सुमना श्रेष्ठले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।अर्थमन्त्री महत राष्ट्रिय सभा बैठकमा रहेको र आउने जानकारी गराइए पनि अन्ततः १५ मिनेका लागि स्थगित गरिएको हो ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like