साताकाे दाेस्राे दिन नेप्से सुचक १६.९३ अंकले घट्याे

काठमाडाैँ,

साताकाे दाेस्राे दिन पनि नेप्से सुचक १६ अंकमाथिले घटेकाे छ। यसअघि आइताबार १९ अंकले नेप्से सुचक घटेकाे थियाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १६.९३ अंकले घट्दै १८ सय ३३.६९ अंकको विन्दुमा ओरालाे लागेकाे हो ।

अघिल्लाे दिनकाे तुलनामा आज साेमबार भने काराेबारमा वृद्धि आएकाे छ।  नेप्सेका अनुसार १६.९३ अंकले घटेर ८२ कराेड ४२ लाख १७ हजार बराबरकाे सेयर काराेबार भएकाे छ । अघिल्लो दिन १९ अंकले नेप्से घट्दै गर्दा जम्मा ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक १.८९ प्रतिशतले घटेको छ । वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज ८.०५ प्रतिशतले वृद्धि भएको छ भने स्टन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घट्न पुगेको छ ।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like