सांसद ढाकाकुमार श्रेष्ठकाे कारबाही राेक्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडाैँ,

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठकाे कारबाही राेक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि पार्टीबाट निष्कासित भई सांसद पदसमेत गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आफूमाथिको कारबाही अवैध रहेको भन्दै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोमबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न आदेश दिएको हो।सर्वाेच्चले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने छलफलका लागि दुवै पक्षलाई बाेलाएकाे छ । साथै कारण देखाऊ आदेश पनि दिएकाे छ ।

रास्वपाको केन्द्रीय समितिको निर्णय दिएपछि सभामुख देवराज घिमिरेले उनी पदमुक्त भइसकेकाे छ । सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको सूचना प्रतिनिधिसभामा सुनाइसकेकाे छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like