थप ५७ जनामा काेराेना संक्रमण

काठमाडाैँ,

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९३१ नमुनामध्ये ७१६ जनाको पीसीआर परीक्षण गर्दा  ४१ जना र १ हजार २१५ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।सोमबार २७ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १४७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like