काठमाडाैँ, बैशाख २६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
तीन शीर्ष नेताबीच संसदीय सुनुवाई समिति, नक्कली भुटानी शरणार्थी प्रकरण र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेकाे बताइएको छ।
यस्तै संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको भाेलिपल्ट उनीहरुबीच छलफल भइरहेको हो।
अहिले टीआरसी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक र नागरिकता विधेयक अलपत्र छन् । यी विधेयकहरूको ’boutमा पनि छलफल हुने बताइएको छ।