काठमाडाैँ,
नेपालगञ्जमा टिप्परकाे ठक्करबाट एक जना भारतिय नागरिक गम्भिर घाइते भएका छन्।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, पुरैनीमा मंगलबार दिउँसाे नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेकाे १२ः१५ बजे ना १ ख २२७१ नम्बरको टिप्परले नेपालगञ्जतर्फ आइरहेकाे युपी ४० जे १२१७ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा माेटरसाइकलमा रहेका भारत रुपैडिहा रामपुरका सुरेश तेली गम्भीर घाइते भएका हुन्।
उनको भेरी अस्पतालमा उपचार भइरहेको छ।