नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणका निजी सचिव केसी पनि पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणकै स्वकीय सचिव नरेन्द्र केसीलाई बुधबार बिहान प्रहरीले पक्राउ  गरेकाे छ। केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार यस अगाडि नै पक्राउ गर्ने चेतावनीपश्चात अनुसन्धानमा सहयोग गर्ने भन्दै काठमाडौं प्रहरी परिसरमा पुगेका थिए। परिसरले खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराएर छोडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको